PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो



पहिलोपोस्ट

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३५४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हालसम्म उपत्यकामा ८ हजार ३३७ जना संक्रमित पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell