PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

वीर अस्पताल कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने, नियमित सेवा ट्रमा सेन्टरबाट



पहिलोपोस्ट

वीर अस्पताल कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने, नियमित सेवा ट्रमा सेन्टरबाट

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड-१९ अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले यस्तो निर्णय गरेको हो। वीर अस्पतालमा हाल दुवै कोभिड र नन-कोभिड बिरामीको उपचार हुँदै आएकोमा अब कोभिड-१९ संक्रमितको मात्र उपचार हुनेछ।

वीर अस्पतालका नियमित सेवाहरु भने अब राष्ट्रिय ट्रममा सेन्टरबाट उपलब्ध गराउने बैठकले निर्णय गरेको छ।

त्यस्तै, अर्थ मन्त्रालयले त्रिवि शिक्षण अस्पताल तथा धुलिखेल अस्पतालसहितका अन्य अस्पतालमा आइसीयू बेड सञ्चालनका लागि बजेट विनियोजन गरेको छ। यो बजेटबाट ६० बेडका आइसीयू सञ्चालनमा आउने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। ६० हजार एन्टिजिन टेस्ट रिएजेन्ट प्राप्त भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell