PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कोरोना नियन्त्रण गर्न सरकारको यस्तो निर्णय : स्वास्थ्य क्षेत्रका विद्यार्थीलाई स्वयंसेवकका रुपमा खटाइने



पहिलोपोस्ट

कोरोना नियन्त्रण गर्न सरकारको यस्तो निर्णय : स्वास्थ्य क्षेत्रका विद्यार्थीलाई स्वयंसेवकका रुपमा खटाइने

काठमाडौं : कोभिड-१९ को विषयमा सरकारले राष्ट्रिय मार्गचित्र बनाउन प्रमुख विषेशज्ञ डा महेन्द्र श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मार्गचित्र निर्धारण गर्न समिति गठन गरेको जानकारी दिएका हुन्।

प्रवक्ता गौतमले स्वास्थ्य क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई कोरोना नियन्त्रणका लागि स्वयंसेवकका रुपमा खटाउने निर्णय भएको बताए। संक्रमण बढ्दै गएपछि अस्पतालमा स्वास्थ्यकर्मी तथा चिकित्सकको अभाव हुने देखिएपछि सरकारले स्वयंसेवक खटाउने तयारी गरेको हो।

सबै सरकारी ल्याबले ट्रेसिङमा नपरेकाहरुको पनि परीक्षण शुल्कको ५० प्रतिशत मात्रै लिएर पीसीआर गर्नु पर्ने भएको छ। मन्त्रालयले सबै ल्याबलाई परीक्षणको अनुमति दिएको छ तर परीक्षणको मापदण्डमा परेकाहरुको भने सरकारी ल्याबले निशुल्क पीसीआर गर्नुपर्ने छ।

‘अब अस्पतालले मापदण्डमा नपरेकाहरुको पनि शशुल्क परीक्षण गर्नुपर्ने भएको छ,’ गौतमले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell