PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

आइपिएलको खेल तालिका सार्वजनिक, सेप्टेम्बर १९ मा मुम्बई र चेन्नाई भीड्ने



पहिलोपोस्ट

आइपिएलको खेल तालिका सार्वजनिक, सेप्टेम्बर १९ मा मुम्बई र चेन्नाई भीड्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को खेल तालिका सार्वजनिक भएको छ। कोरोना जोखिमका कारण पटक–पटक सारिएको आइपिएल सेप्टेम्बर १९ मा दुबईमा सुरु हुँदैछ। कोरोनाका कारण आइपिएलका सम्पूर्ण खेलहरु पहिलोपटक देशबाहिर हुन लागेका हुन्। सन् २०१४ मा पनि लिग चरणका केही खेल दुबईमा नै भएका थिए।

सार्वजनिक खेल तालिका अनुसार पहिले खेल डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्सबीच हुनेछ। दोस्रो खेल सेप्टेम्बर २० मा दिल्ली र पञ्जावबीच हुनेछ।

नोभेम्बर ३ सम्म लिगका खेलहरु हुनेछन्। लिगको अन्तिम खेल सनराइजर्स  हैदरावाद र मुम्बईबीच हुनेछ।

सम्पूर्ण खेल तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell