PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

धरानका ७१ जनासहित प्रदेश १ मा १ सय ४३ संक्रमित थपिए, दुई जनाको मृत्यु



फूलमाया पुरी

धरानका ७१ जनासहित प्रदेश १ मा १ सय ४३ संक्रमित थपिए, दुई जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आइतवार १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। आइतवार सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १ महिलासहित ७१ जनामा संक्रमण देखिएको छ। त्यस्तै, सुनसरीकै इटहरीमा ५ महिला र २ पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

यता मोरङको विराटनगरमा ९ महिला र १६ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा १/१ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

झापाको विर्तामोडमा ८ महिला र २ पुरुष, कमल गाउँपालिकामा ३ महिला र ७ पुरुष, मेचीनगरमा २ महिला र ४ पुरुष तथा अर्जुनधारा र स्थानीय तह नखुलेका १/१ महिलामा पनि कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरी, संखुवासभाको खाँदबारीमा ३, चैनपुरमा २ र चिचिलामा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिर एक महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २२ पुगेको छ। पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ। झापाकी १ महिला र विराटनगरका १ पुरुषको मृत्यु भएको छ। प्रदेश १ मा मृत्यु हुनेको संख्या ४१ पुगेको छ।

प्रदेश १ मा आइतवार ७ जना डिस्चार्ज भएका छन्। उनीहरु सबैजना विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन्। यससँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ४३ पुगेको छ ।

प्रदेश १ मा आइतवार १ हजार २ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ३१ महिला र १ सय १२ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल सम्म ९८ हजार ४८८ जनाको पीसीआर परीक्षण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell