PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

मल नल्याउने ठेकेदारसँगको सम्झौता रद्द, धरौटी जफत



पहिलोपोस्ट

मल नल्याउने ठेकेदारसँगको सम्झौता रद्द, धरौटी जफत
फाइल फोटो

काठमाडौँः कृषि सामाग्री कम्पनीले लिमिटेडले प्रतिवद्धता अनुसारको समयमा युरिया मल ल्याउन नसक्ने दुई सप्लायर्ससँगको सम्झौता रद्द गरेको छ। कम्पनीले उनीहरुको धरौटी समेत जफत गरेको छ। मल आयात गरेको कुनै विश्वसनीय आधारसमेत पेस गर्न नसकेको भन्दै कम्पनीले दुबैसँगको सम्झौता तोडेको हो। दुई ठेकेदारसँग गरी ९ करोडभन्दा बढी धरौटी समेत जफत गरिएको छ।

कम्पनीले सम्झौता अनुसार मल नल्याएको भन्दै शैलुङ इन्टरप्राइजेट र हनिको मल्टिपलसँगको ठेक्का सम्झौता रद्द गरेको हो। सम्झौता रद्दको जानकारी कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पनि पठाएको छ।

कम्पनीले ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि शैलुङ र हनिकोसँग सम्झौता गरेको थियो। सम्झौता अनुसार दुबैले २५÷२५ हजार मेट्रिक टन मल ल्याउनु पर्ने थियो। थपिएको समय समेत गरी सबै दायित्व बुझाउने म्याद भदौ २० गतेसम्म तोकिएको थियो।

कम्पनीले शैलुङसँग २०२० अप्रिल २० र हनिकोसँगे अप्रिल २७ मा सम्झौता भएको गरेको थियो। जुलाई २३ सम्म म्याद भएकोमा आयातकर्ताको आग्रहमा २५ दिन समय थप भएको थियो। शैलुङ इन्टरप्राइजेज नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीले सञ्चालन गरेको कम्पनी हो।

ठेकेदारले समयमा मल ल्याउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षी शेख हसिनासँग रसायनिक मल सहयोग गर्न आग्रह गरेका थिए। सरकारले पैचो तिर्नेगरी उक्त मल मागेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell