PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

वीरगंजमा ८ दिनअघि प्लाजमा थेरापी गराएका कोरोना संक्रमितको मृत्यु



राधेश्याम पटेल

वीरगंजमा ८ दिनअघि प्लाजमा थेरापी गराएका कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा पहिलोपटक प्लाजमा थेरापी गराएको पहिलो संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालको आईसीयु कक्षमा उपचाररत सर्लाही,चकरघट्टा ३ सुन्दरपुरका ३५ वर्षीय संक्रमितको मृत्यु भएको हो।

आईतवार बिहान १० बजेर २ मिनेटमा उनको मृत्यु भएको हो।

प्लाजमा थेरापीपछि उनको अवस्था सुधारोन्मुख भइरहेको थियो। तर आईतवार बिहान अचानक उनको मुटुको धडकन रोकिएर मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।

भाद्र १३ भदौ गते अस्पताल भर्ना भएका उनमा १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। भदौ १४ गते नै उनको प्लाजमा थेरेपी गरिएको थियो।

उनी डिसिमिनेटेड इन्ट्राभास्कुलर कोगुलेशन (डिआईसी) स्टेजबाट फर्केका थिए। नारायणी अस्पतलाको एक चिकित्सकका अनुसार डिआईसी चरणबाट फर्केका ५ जना मात्र बाच्न् अध्ययनले देखाउँछ।

‘उनलाई प्लाजमा थेरापी गरेपछि उनको अवस्थ सुधारोन्मख हुँदै गएको थियो,तर आज उनको निधनले नारायणी अस्पतालको सम्पूर्ण चिकित्सक नै दुखी छौ।’ नारायणी अस्पतालका एक चिकित्सकले भने।

डिआईसी चरण भनेको शरीरिको विभिन्न अंगबाट आन्तरिक रक्तश्राव हुनु हो,त्यस्ता विरामी बाच्दैनन्। यद्यपि, प्लाजमा थेरापीबाट ती संक्रमितको ज्यान बचाउने चिकित्सकहरुले प्रयास गरेका थिए। तर उनलाई बचाउन सकिएन।

प्लाज्मा थेरापी बारे अझै पनि थुप्रै अनुसन्धान हुनु पर्ने जुरुरी रहेको अस्पतालका एक चिकित्सकले बताए। प्लाज्मा थेरापीबाट सबै संक्रमित निको हुन्छन् भन्ने विश्वास हटाउनु पर्नेमा ती चिकित्सकले जोड दिए।

यसअघि पनि चितवनामा पनि एक संक्रमितको प्लाज्मा थेरापीबाट उपचार भइरहेको अवस्थामा मृत्यु भएको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell