PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

रातो मछिन्द्रनाथको रथयात्रा गर्ने क्रममा ‘मेयरको घाँटी रेटिदिन्छु’ भनी अन्तर्वार्ता दिने व्यक्ति पक्राउ



पहिलोपोस्ट

रातो मछिन्द्रनाथको रथयात्रा गर्ने क्रममा ‘मेयरको घाँटी रेटिदिन्छु’ भनी अन्तर्वार्ता दिने व्यक्ति पक्राउ

काठमाडौं : रातो मछिन्द्रनाथको रथयात्रा गर्ने क्रममा बिहीवार ललितपुर महानगरपालिकाका मेयरको घाँटी रेटिदिन्छु भनी सार्वजनिक रुपमा अन्तर्वार्ता दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर-१३ कुसुन्ती बस्ने ४३ वर्षीय संजय शाक्य रहेका छन्।

ललितपुर पुल्चोकमा रथ तान्ने क्रममा भएको झडपमा ढुङ्गामुढा गर्ने, भिडलाई उत्तेजित गराएको तथा मेयरको घाँटी रेटिदिन्छु भनी सार्वजनिक रुपमा अन्तर्वार्ता दिएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएकोे छ।

खोजतलास गर्ने क्रममा आइतवार ललितपुरको कुसुन्तीबाट पक्राउ गरी आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell