PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

घरबेटीको ठेक्का र मेरो गोरु बेचेको साइनो पनि छैन, म अर्को घर खोज्न थालेको छुः प्रचण्ड



पहिलोपोस्ट

घरबेटीको ठेक्का र मेरो गोरु बेचेको साइनो पनि छैन, म अर्को घर खोज्न थालेको छुः प्रचण्ड

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नयाँ घर खोज्न थालेको बताएका छन्। ललितपुरको खुमलटारमा शारदा अधिकारीको घरमा भाडामा बस्दै आएका प्रचण्डको नाम घरबेटीसँग जोडिँदै आएको छ। ठेकेदार घरबेटीका हरेक काममा प्रचण्ड जोडिने गरेका छन्। तर ती काममा आफ्नो कुनै साइनो नभएको प्रचण्डको दाबी छ।

जनता टेलिभिजनसँगको कुराकानीमा प्रचण्डले घरबेटीले गर्ने कामबारे आफूलाई थाहा नहुने भन्दै भने, ‘मैले अर्को घर खोज्न थालेको छु। घरबेटीले के लिन्छन् के गर्छन मलाई थाहा छैन। यी बाटाका ठेक्का म त्यहाँ जानुभन्दा पहिले नै भएका हुन्। मसँग गोरु बेचेको साइनो नै छैन। मल प्रकरणमा मैले कृषिमन्त्रीलाई मैले नै गल्ती गर्नेलाई कारबाही गर्नु भनेको छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell