PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

जबज वा प्रचण्ड पथमा जानु भनेको पछि फर्कनु हो : प्रचण्ड



पहिलोपोस्ट

जबज वा प्रचण्ड पथमा जानु भनेको पछि फर्कनु हो : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बहुदलीय जनवाद (जबज) वा प्रचण्ड पथ दुवैका पक्षमा कुरा गर्नु पार्टी एकताको स्पिरिटविरुद्ध हुने बताएका छन्। आफू जबजको विरोधी नभएको बताउँदै प्रचण्ड दुवै सिद्धान्तमा आधारित भई समाजवादमा आधारित सिद्धान्त अवलम्वन हुने पनि बताए।

जनता टेलिभिजनसँगको अन्तर्वार्तामा प्रचण्डले आफूले जबज मानेको भन्ने कतिपयमा भ्रम रहेको बताए।

उनले भने, ‘मैले २१ औँ शताब्दीको जनवाद वा प्रचण्ड पथ मानौँ भनेँ भने एकताको स्पिरिट अनुसार हुन्न। यस्तै मलाई जबज मानौँ भनेमा पनि पार्टी एकताको स्पिरिट अनुसार हुँदैन। यसमा जानु भनेको पछाडि फर्कनु हो।’

दुवै सिद्धान्तलाई विकसित गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ। आफूले जबज मानिसकेको वा विरोधी हो भन्ने दुवै भनाइ गलत भएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell