PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नर्ससहित गण्डकी प्रदेशमा थप ६७ जनामा कोभिड १९



पहिलोपोस्ट

नर्ससहित गण्डकी प्रदेशमा थप ६७ जनामा कोभिड १९

काठमाडौं : गण्डकी प्रदेशमा थप ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

कास्कीमा ३१ जना,गोरखामा १८, तनहँमा ३ र नवलपरासी (ब.सु.पू.)मा १५ जनामा कोभिड पोजेटिभ देखिएको हो।क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ६७ जना संक्रमण देखिएको हो। संक्रमण देखिएका सबै मानि कन्ट्र्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन्।

पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना मध्ये २६ र २३ वर्षका  दुई जना महिला स्वास्थ्यकर्मी (स्टाफ नर्स) हुन्। त्यस्तै ३६ र २७ वर्षका दुई जना महिला सहयोगी कर्मचारी हुन्।

त्यसैगरी कास्की जिल्ला, पोखरा महानगरपालिकामा रहेको पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुष कोरोना देखिएको हो। संक्रमण पुष्टि भएका  नवलपरासी (ब.सु.पू.), देबचुली-१२ का ४० वर्षीय पुरुष स्वास्थ्यकर्मी हुन्।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ। अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell