PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

जमैका तल्लावाज पराजित, सन्दीपले लिए विकेट



पहिलोपोस्ट

जमैका तल्लावाज पराजित, सन्दीपले लिए विकेट

क्यारेबियन प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज पराजित भएको छ। सेन्ट लुसिया जौक्ससँगको खेलमा तल्लावाज ११ रनलले पराजित भएको हो।

टसहारेर ब्याटिङमा उत्रिएको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। जसका लागि निजाबुल्ला जद्रनले सर्वाधिक ३५ रन बनाउँदा रहकीम कोर्नवल र रोस्टोन चेजले समान ३२ रन बनाए। उता जमैकाका लागि मुजिब उल रहमानले २ विकेट लिँदा सन्दीप, फिडेल एडवार्डस्, वीरासम्मी परमुल र कार्लोस ब्रेथवेटले समान १/१ विकेट लिए।

सन्दीपले २० रन दिँदै कोर्नवलको विकेट लिएका थिए।

१४६ रनको लक्ष्य पछ्याएको जमैका १३४ रनमा सीमित भयो। उसका लागि ग्लेन फिलिप्सको ४९ रन, जर्मेइन ब्लाकउड र निकोलस किर्टोनले समान २५ रन तथा चाडविक वाल्टन बाहेक अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। १८.६ ओभरमा ब्याटिङमा आएका सन्दीप पनि पहिलो बलमै आउट भएका थिए।

जमैकाले ६ हार र ३ जितसहित ७ अंकजोडेर तालिकाको चौथो स्थानमा छ। त्यस्तै सेन्ट लुसिया १२ अंकसहित तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell