PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

बेलायतमा एकैदिन करिव ३ हजार संक्रमित, युवा बढी प्रभावित



पहिलोपोस्ट

बेलायतमा एकैदिन करिव ३ हजार संक्रमित, युवा बढी प्रभावित
Daniel Leal-Olivas/AFP

बेलायतमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। त्यहाँको सरकारी तथ्याङ्कका अनुसार यो मे २२ यताको सर्वाधिक दैनिक संक्रमण संख्या हो।

बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले विशेषगरी युवाहरूमा संक्रमण फैलनुले आफ्नो ध्यानाकर्षण गराएको बताए। उनले हरेक उमेर समूहकाले सामाजिक दूरी कायम गर्नु पर्ने बताए। भने,’उमेर जति भए पनि यदी संक्रमित हुनुन्छ भने तपाईंले अरुलाई सार्न सक्नुहुन्छ। त्यसैले संक्रमण आफ्ना हजुरबुवा हजुरआमालाई नसार्नुस्।‘

संक्रमण बढ्दो छ। यस्तैबीच सरकारको विद्यालय पुन: खोल्ने निर्णय सही भएको बताए। उनले बालबालिकाले पढ्न नपाउँदा उनीहरूमा फरक किसिमका असरहरू देखिएको उनको तर्क छ। विद्यालयहरू कोभड-१९ बाट सुरक्षित भएको बताए।

बेलायतमा दैनिक हजारभन्दा बढी संक्रमित देखिन थाल्नुलाई चुनौतिका रुपमा लिइएको छ। दैनिक मृत्युदरमा भने कमी आएको छ। आइतवार २ जना संक्रमितको मृत्यु भयो जससँगै कुल ४१ हजार ५ सय ५१ जनाले संक्रमणकै कारण ज्यान गुमाए।

कुल संक्रमितको संख्या ३ लाख ४७ हजार १ सय ५२ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell