टेनिसका विश्व नम्बर १ सर्बियन खेलाडी नोबाक जोकोबिच युएस ओपन ग्रान्डस्लामबाट बाहिरिएका छन्। यद्यपि, उनी पराजयको कारण बाहिरिएको नभएर ‘डिस्क्वालिफाइ’ भएका हुन्।
स्पेनका कार्रेनो बुस्टासँग खेल चलिरहँदा लाइन वुमन म्याच अधिकारीसँग रिसाएर बलले हानेपछि नियमानुसार उनी प्रतियोगिताबाट डिस्क्वालिफाइ भएका हुन्।
"there's no way Novak Djokovic can possibly look any worse this year"
— Eoin Sheahan (@EoinSheahan) September 6, 2020
Djokovic:pic.twitter.com/lNakdpAxDD
आइतवार कोरोना महामारीपछि सुरु भएको पहिलो ग्राण्ड स्लामबाट विश्व वरीयताका शीर्ष खेलाडीले निराशाजनक विदाइ लिएका हुन्। १७ पटक ग्राण्ड स्लाम जितिसकेका जोकोबिच स्पेनका खेलाडीसँग पछि परेपछि आफ्नो रिस अफिसियललाई पोखेका थिए। उनले प्रहार गरेको बल लाइन वुमनको गर्धनमा गएर लागेको थियो। लगत्तै उनी ढलेकी थिइन् र उनलाई सास फेर्न कठिन भएको थियो। जोकोबिच ती अफिसियलसँग उनको अवस्था सोध्न पनि गएका थिए।
त्यसपछि म्याच रेफ्रीले उनीसँग कुरा गरे र जोकोविचलाई प्रतियोगिताबाट डिस्क्वालिफाइ गरिदिए।
USTA statement on default of Novak Djokovic: pic.twitter.com/dqlt0mokg9
— US Open Tennis (@usopen) September 6, 2020
यसरी डिस्क्वालिफाइ हुने जोकोबिच तेस्रो खेलाडी बने। यसअघि सन् १९९० मा जोन मेकनरो अस्ट्रेलियन ओपनबाट र सन् २००० मा फ्रेन्च ओपनबाट स्टेफन कुबेक डिस्क्वालिफाइ भएका थिए।
प्रतियोगिताबाट बाहिरिएसँगै जोकोबिचको १८ औं ग्राण्ड स्लाम जित्ने मौका हातबाट बाहिर गएको छ। उनका लागि यसपटक ठूलो अवसर थियो किनभने १९ ग्राण्ड स्लाम जितिसकेका स्पेनिस खेलाडी राफेल नाडाल र २० पटक जितिसकेका स्वीजरल्याण्ड रोजर फेडेरर प्रतियोगितामा सहभागी थिएनन्।
