PahiloPost

Jun 24, 2025 | १० असार २०८२

नेपालगञ्ज उपमहानगरका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु



रासस

नेपालगञ्ज उपमहानगरका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

कोहलपुर : बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ। उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतक घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो।

यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो। भदौ १५ गते पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि घले आफैँले पैसा तिर्ने गरी बनाइएको इन्द्रेणी होटलको आइसोलेसन सेन्टरमा बसेका थिए। उनको भदौ १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell