PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु



फूलमाया पुरी

विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
प्रतीकात्मक फाइल फोटो।

विराटनगर : विराटनगर महानगरपालिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका वडा नम्बर १० का ७६ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको उपचार केन्द्रका संयोजक डाक्टर दीपक सिग्देलले जानकारी दिए।

उनलाई शनिवार राति १२ बजे कोभिड-१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो। उच्च रक्तचापका बिरामी उनको आज विहान ३:३० बजे मृत्यु भएको हो।

१० दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि शनिवार कोभिड उपचार केन्द्र लगिएको वडा अध्यक्ष माधवराज वाग्लेले बताए।

‘होम आइसोलेसनमा बसिरहनु भएको थियो, परिवारका अनुसार उच्च रक्तचाप भएकाले श्वासप्रश्वासमा समस्या देखियो र कोभिड अस्पताल लगिएको हो,’ वडा अध्यक्ष वाग्लेले भने।

वाग्लेका अनुसार उनको परिवारका अन्य सदस्यहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। परिवारका संक्रमित सदस्य सबै होम आइसोलेसनमा नै बसिरहेका छन्।

संक्रमित हुनेमा उनका छोरा, बुहारी, भतिजा लगायत ५ जना रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव नेपाली सेनाले व्यवस्थापन गर्नेछ।

विराटनगर महानगरपालिका वडा नम्बर १० मा कोरोनाबाट मृत्युको यो पहिलो घटना हो। यससँगै विराटनगरमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ जना पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell