PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

मुम्बईलाई पाकिस्तानसँग तुलना गरेको भन्दै कंगना रनौतविरुद्ध शिवसेना नेता



पहिलोपोस्ट

मुम्बईलाई पाकिस्तानसँग तुलना गरेको भन्दै कंगना रनौतविरुद्ध शिवसेना नेता

बलीवुड अभिनेत्री कंगना रनौत र शिवसेना नेता तथा राज्य सभा सांसद संजय राउत बीच विवाद चर्कदो छ।

संजयले आफूविरुद्ध टिभी च्यानलमार्फत् आपत्तिजनक शब्द प्रयोग गरेको आरोप कंगनाको छ। उनले ट्वीटरमा एक भिडियो सार्वजनिक गर्दै संजयलाई जवाफ दिएकी छिन्। संजयले आफूमाथि शोषण गरेको र आफू उनलाई माफ नगर्ने बताएकी छिन्।

‘देशमा हरेक घण्टा महिलाको बलात्कार हुन्छ। शोषण हुन्छ। एसिड आक्रमण हुन्छ। तर उनीहरूलाई गाली गरिन्छ। अपमान गरिन्छ। सांसद भएर संजय राउत जिले ममाथि पनि त्यस्तै भाषा प्रयोग गर्नुभयो’, उनले भनेकी छिन्। उनले महिलामाथि हुने हिंसाको जिम्मेदार संजयजस्ता मानसिकता भएको आरोप लगाइन्। 

यस विवादबीच संजयका समर्थकहरूले कंगनालाई मार्ने धम्की समेत दिएका छन्।

कंगनाले आफू संजयको निन्दा गर्ने बताइन्। उनले भनेकी छिन्,’मलाई मार्ने धम्की दिइएको छ। मार्नुस्। किनकि यस देशको गरिमा र अस्मिताको लागि थुप्रैले ज्यान दिएका छन्। म पनि आफ्नो जिम्मेवारी पूरा गर्न तयार छु।‘

संजयले भने कंगनाले महाराष्ट्रसँग माफी मागेको खण्डमा आफूले उनीसँग माफी माग्ने बताएका छन्।

कंगना रनौतले सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा मुम्बई प्रहरीको कामको आलोचना गर्दै आएकी छिन्।

गत विहीवार एक ट्वीटमार्फत् भनिन् : म मुम्बई प्रहरीमाथि भरोसा गर्दिँन किनकि उनीहरूले सुशान्त सिंह राजपुतको गुनासो सुनेका थिएनन्। कसैले आफूलाई मार्न लागेको जानकारी दिँदादिँदै मारिए। म पनि असुरक्षित महसुस गरिरहेकी छु। मतलव म फिल्म इन्डस्ट्री र मुम्बईलाई घृणा गर्छु।

लगत्तै शिवसेना नेता संजय राउतले भनेका थिए : यदी उसलाई मुम्बई प्रहरीसँग डर लाग्छ भने मुम्बई नै नआओस्।

उनीहरूको ट्वीटर विवाद चर्कियो। कंगनाले जवाफमा लेखिन् : संजय राउतले मलाई खुल्ला धम्की दिएका छन्। मुम्बई नआउन भनेका छन्। मुम्बईको गल्लीलाई किन अब पाकिस्तान प्रशासित कश्मीर जस्तो महसुस गराउन खोज्दै छन्?

मुम्बईको तुलना पाकिस्तान प्रशासित कश्मीरसँग गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भयो। संजयले पनि यसरी कंगनाले महाराष्ट्रकै अपमान गरेको बताएका थिए।

मुम्बईका गृह मन्त्री एंव एनसीपी नेता अनिल देशमुखले पनि कंगनाको ट्वीटविरुद्ध टिप्पणी गरे।

शिवसेना विधायक प्रदीप सरनाईकले त  ट्वीटरमार्फत् कंगनालाई देशद्रोहको आरोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell