PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

काठमाडौका सीडीओ सहित १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार



पहिलोपोस्ट

काठमाडौं:  १० जना सरकारी कर्मचारी उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत भएका छन्। १७ औं निजामती सेवा दिवसको अवसरमा १० जना उत्कृष्ट र ३० जना निजामती सेवा पुरस्कारबाट पुरस्कृत भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

स्थानीय तहमा कार्यरत कर्मचारीदेखि मन्त्रालयका सहसचिवसम्मका कर्मचारी पुरस्कृत भएका हुन्।

उत्कष्ट निजामती सेवा पुरस्कार पाउनेमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहल र नापी विभागका महानिर्देशक प्रकाश जोशी लगाएतका सरकारी कर्मचारी रेहका छन्।

हरेक वर्षको भाद्र २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ। सरकारले दिवसको अवसरमा उत्कृष्ट कार्य सम्पादनको आधारमा कर्मचारीलाई पुरस्कृत गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell