PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मछिन्द्रनाथको रथ तान्दा पक्राउ परेकालाई रिहाईको माग गर्दै सिडिओ कार्यालय घेराउ

मछिन्द्रनाथको रथ तान्दा पक्राउ परेकालाई रिहाईको माग गर्दै सिडिओ कार्यालय घेराउ

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : मछिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका युवाहरुलाई छाड्न भन्दै स्थानीय ललितपुरको जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका छन्।

स्थानीय प्रशासन कार्यालय पुगेपछि प्रहरीले उनीहरुलाई तितरबितर बनाएको छ। उनीहरु बिहान साढे १० बजे जिल्ला प्रशासन कार्यालय पुगेका थिए। त्यसपछि केही बेर धर्नामासमेत बसे।

मानभवनभित्र रहेको प्रशासन कार्यालय वरपर अहिले व्यापक प्रहरी परिचालन गरिएको छ। स्थानीय पनि प्रहरी नभएको स्थानमा भेला भइरहेका छन्।

बिहीवार जबरजस्ती रथ तानेपछि पुल्चोकमा रथ तान्ने युवा र प्रहरीबीच घम्साघम्सी परेको थियो। ट्राफिक प्रहरीलाईसमेत कुटपिटमा उत्रेकाहरुसहित २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तीमध्ये तीन जनालाई आइतवार रिहा गरेको छ भने १७ जनालाई सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell