PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

बुद्धनगरमा शैलुनभित्र एक युवक मृत अवस्थामा फेला



पहिलोपोस्ट

बुद्धनगरमा शैलुनभित्र एक युवक मृत अवस्थामा फेला
प्रतीकात्मक फोटो

काठमाडौं : बुद्धनगरमा एक युवक मृत अवस्थामा फेला परेका छन्। बुद्धनगरस्थित न्यु मनोकामना हेयर ड्रेसर सैलुनका संचालक ३५ वर्षीय अशोक ठाकुर मृत अवस्थामा फेला परेका हुन्।

'हामीलाई सवा ९ बजेतिर खबर आएको थियो। गएर हेर्दा मृत्यु भएको अवस्थमा भेटियो' महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दक्षकुमार बस्नेतले भने।

बारा निजगढ घर भएका उनी करिब ८ वर्षदेखि काठमाडौंमा बस्दै आएका थिए। उनी एक्लै बस्दै आएको खुलेको छ। उनी आधा सटर खोलिएको सैलुनभित्र मृत फेला परेका हुन्। 'शरीरको अवस्था र अन्य प्रारम्भिक घटना हेर्दा शंकास्पद देखिदैंन। थप अनुसन्धान भइरहेको छ,' डिएसपी बस्नेतले भने।

प्रहरीले शवलाई पोष्टमार्टमको लागि अस्पताल पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell