PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा मन्त्रीपछि थप एक जनामा पनि कोरोना संक्रमण



फूलमाया पुरी

प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा मन्त्रीपछि थप एक जनामा पनि कोरोना संक्रमण

विराटनगर: प्रदेश १ सामाजिक विकास मन्त्रालयमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज सामाजिक विकास मन्त्रीका स्वकीय सचिवमा कोरोना संक्रमण देखिएको प्रमुख स्वकीय सचिव तिलक बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार मन्त्रालयमा मन्त्री जीवन घिमीरेलाई गत १५ गते संक्रमण पुष्टि भएपछि उनी होम क्वारेन्टाइनमा बसेका थिए। आइतवार उनको स्वाब संकलन गरिएको थियो। प्रदेश प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट आज आएको हो। 

‘होम आइसोलेसनमा बस्नुभएको उहाँको स्वास्थ्य अवस्था सामान्य छ,’ बस्नेतले भने, ‘मन्त्रालयमा संक्रमण देखिएपछि आफूमा कोरोना संक्रमणको शंका लागेर परीक्षण गराउँदा पोजेटिभ देखिएको हो’।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालयका तीन जना कोरोना संक्रमित भई निको भइसकेका छन्।

मन्त्री जीवन घिमीरे होम आइसोलेसनमै उपचाररत छन्। हालसम्म मन्त्रालयमा ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको बस्नेतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell