PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

बझाङमा बाघको छाला र हड्डीसहित दुई जना पक्राउ



पहिलोपोस्ट

बझाङमा बाघको छाला र हड्डीसहित दुई जना पक्राउ

बझाङ : बुङगल नगरपालिका-३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका-६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र सोही ठाउँ बस्ने २३ वर्षीय बिरेन्द्र बोहरा रहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त छाला र हड्डी फेला पारेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell