PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

मछिन्द्रनाथ रथयात्रामा प्रहरी हस्तक्षेपको विश्व हिन्दु महासंघद्वारा विरोध, पर्सामा प्रदर्शन



राधेश्याम पटेल

मछिन्द्रनाथ रथयात्रामा प्रहरी हस्तक्षेपको विश्व हिन्दु महासंघद्वारा विरोध, पर्सामा प्रदर्शन

वीरगंज : रातो मछिन्द्रनाथको रथ यात्रामा प्रहरी प्रशासनबाट गरिएको हस्तक्षेपको विरोधमा सोमवार पर्सामा प्रदर्शन गरिएको छ। दिउँसो साढे १२ बजेदखि १ बजेसम्म पर्साको पकहामैनपुर गाउँपालिकामामा प्रदर्शन भएको हो। नेपाल विश्व हिन्दू महासंघ पर्साको अगुवाईमा पकहामैनपुर गाउँपालिकाको मधुबनी चौकमा प्रदर्शन गरिएको थियो।

आधा घण्टा प्रदर्शन गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरी प्रदर्शन विथालेको नेपाल विश्व हिन्दू महासंघ केन्द्रीय संगठन विभाग प्रमुख विजयप्रकाश निसादले बताए। विरोध प्रदर्शनमा 'नेपाल विश्व हिन्दु महासंघका सम्पूर्ण सदस्यहरु नेवार समुदायको पक्षमा छौं', 'हिन्दूलाई पाखा–मुस्लिमलाई काखा यहि हो तिम्रो नीति सरकार?', 'हिन्दु एकता जिन्दावाद', 'सनातन धर्म मास्न पाइदैन', 'पुज्य सन्त तथा दलितहरु (निरंजन राम,बिजय राम,मिन्त्री देवी बैठा)का हत्यारा लाई यथाशीघ्र सार्वजनिक गरी कडा कारवाही गर' जस्ता नाराहरु लगाइएको थियो।

विरोध प्रदर्शन कार्याक्रममा पकाहामैनपुर गाउँपालिका आयोजक विन्देश्वर गिरी, जिल्ला सचिव ओमप्रकाश पाण्डेय, जिल्ला सदस्य खोभरी पटेल,मनोज पासवान र उमाशंकर साहलगायत सयभन्दा बढी प्रदर्शनकारीको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell