PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

चोरबाटोबाट ल्याएको प्रदेश सञ्चार विधेयक अवज्ञा गर्ने पत्रकार महासंघको निर्णय



राधेश्याम पटेल

चोरबाटोबाट ल्याएको प्रदेश सञ्चार विधेयक अवज्ञा गर्ने पत्रकार महासंघको निर्णय

वीरगंज : नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले प्रदेश २ सरकारकोले चोरबाटोबाट पारित गराएको प्रदेश सञ्चार विधेयकको अवज्ञा गर्ने निर्णय गरेको छ। महासंघ प्रदेश २ को पदाधिकारीहरुको शनिवार महोत्तरीमा बसेको बैठकले यस्तो निर्णय गरेको नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले बताए।

प्रदेश नम्बर २ को सरकारले संसदीय अभ्यास र परम्परालाई समेत ख्यालै नगरी चोर बाटोबाट प्रदेश सञ्चार विधेयक २०७६ पारित गरि प्रमाणिकरण समेत गराएकोले सो विधेयक प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने मुलतः संचार र श्रमजीवि विरोधी रहेकोले सो विधेयक प्रति असहमती राख्दै अवज्ञा गर्ने निर्णय गरिएको उनले बताए। कोरोना संकटको महामारीको बेला प्रदेशका नागरिकको जीवन रक्षाका लागि गर्नुपर्ने र अग्रपंक्तिमा रहेर नागरिकको सूचना पाउने अधिकारलाई प्रचलनमा ल्याउन अहोरात्र रुपमा खटेका पत्रकार सञ्चारमाध्यम प्रति निर्वाह गर्नुपर्ने दायित्व समेत निर्वाह गर्न प्रदेश सरकार असफल भएको बैठकको ठहर गरेको छ।

साथै, बैठकले नयाँ सदस्यता तथा सदस्यता नवीकरणको सम्बन्धमा छलफल गर्दा नयाँ सदस्यताको हकमा आवश्यक कागजातसहित तथा नवीकरणको लागिसमेत भदौँ मसान्तसम्ममा जिल्ला शाखाले प्रादेशिक समितिमा सिफारिस सहित पठाउनुपर्ने निर्णय भएको छ। प्रदेशका आठ जिल्लामा विभिन्न मिडियामा कार्यरत्त संचारकर्मीले पारिश्रमिक समेत उपलब्ध नगराई निष्कासन गरेको सम्बन्धमा सम्बन्धित शाखामा उजुरी दिन र पत्रकार महासंघ प्रदेश नम्बर २ मा परेका उजुरीको हकमा कामकारवाहीको लागि पहल गर्ने निर्णय समेत भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell