PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

वीरगंजमा ५४ वर्षीय मृगौला पीडित संक्रमितको मृत्यु



राधेश्याम पटेल

वीरगंजमा ५४ वर्षीय मृगौला पीडित संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा थप एक जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ।

उपचारको क्रममा सोमवार दिउँसो १ बजे वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा वीररगंज ३० लालपर्साका ५४ वर्षीय पुरुषको मृत्यु भएको हो। अचानक उनको श्वासप्रश्वासमा समस्या भएपछि दिउँसो मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी गराए।

उनका अनुसार भदौ १५ गते नारायणी अस्पतालमा उपचार भइरहेको अवस्थामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारको लागि वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा रेफर गरिएको थियो। मधुमेह, उच्च रक्तचाप, दम र मृगौला पीडित समेत रहेका संक्रमितको वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा ४ पटक डायलासिस गरेर आइसीयूमा उपचार भइरहेको अवस्थामा उनको मृत्यु भएको हो।

यो संगै वीरगंजमा पर्साका ४२, बाराका १२, रौतहटका ४ र सर्लाहीका १ गरी कुल ५९ जनाको मृत्यु भएको छ। पर्साका ४२ जनामध्ये दुई जना भारतीय नागरिक (जो वीरगंजमा बसेर उद्योग व्यवसाय गर्ने) थिए भने दुई जनाको पहिचान खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell