PahiloPost

May 15, 2024 | २ जेठ २०८१

सम्पदा संरक्षक अगुवाईलाई रिहाईको माग गर्दै मंगलबजारमा मौन प्रदर्शन

सम्पदा संरक्षक अगुवाईलाई रिहाईको माग गर्दै मंगलबजारमा मौन प्रदर्शन

अमित मचामसी/पहिलोपोस्ट


बिहीवार मछिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका सम्पदा संरक्षणका अगुवा असोक महर्जनलाई रिहा गर्न स्थानीयले माग गरेका छन्। सोमबार मंगलबजार र पाटनमा उनीहरुले मौन प्रदर्शन गर्दै रिहाईको माग गरेका हुन्।

महर्जनको रिहाईको लागि सामाजिक सञ्जालमा पनि विभिन्न व्यक्तिहरुले माग गर्दै आएका छन्।

Tapaiharuko samarthan chha bhane gharbatai yestai birodh jaos!

Posted by Maharjan Ashoj on Sunday, September 6, 2020

बिहीवार जबरजस्ती रथ तानेपछि पुल्चोकमा रथ तान्ने युवा र प्रहरीबीच घम्साघम्सी परेको थियो। ट्राफिक प्रहरीलाईसमेत कुटपिटमा उत्रेकाहरुसहित २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तीमध्ये तीन जनालाई आइतवार रिहा गरेको छ भने १७ जनालाई सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell