PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

स्वाब लिएपछि डाक्टरले छुन पनि मानेनन्, छट्पटाएर युवकको मृत्यु, मरेपछि आयो नेगेटिभ रिपोर्ट



राधेश्याम पटेल

स्वाब लिएपछि डाक्टरले छुन पनि मानेनन्, छट्पटाएर युवकको मृत्यु, मरेपछि आयो नेगेटिभ रिपोर्ट
मृतकका आफन्त ।

वीरगंज : श्वासप्रश्वासमा समस्या भएपछि बारा, कोल्भी नगरपालिका ४ सपहीका २३ वर्षिय युवक नेशनल मेडिकल कलेजमा भर्ना भए। आइतवार विहान ११ बजे पीसीआर परीक्षणका लागि स्वाब दिन नारायणी अस्पताल पुगे। स्वाब दिएपछि उनको नारायणीकै अकास्मिक कक्षामा भर्ना गरियो। तर, उनीसँग कोरोना परीक्षणको रिपोर्ट थिएन।

जिन एक्सपर्टको रिपोर्ट नआउँदासम्म उनको उपचार गर्न डाक्टरले मानेनन्। विरामीलाई छुन पनि नगएर अकालमै मृत्यु भएको परिवारका सदस्यले बताएका छन्। मृत्यु भएको राति ८ बजेपछि जिन एक्सपर्ट रिपोर्ट नेगेटिभ आयो। अर्थात उनमा कोरोना थिएन्। तर रिपोर्टमा भएको ढिलाइले उनले अकालमा ज्यान गुमाउनु पर्‍यो।

पीडित परिवारले उक्त रिपोर्टमा भदौ २३ गते स्वाब संकलन मिति उल्लेख भएकोले अस्पतालको डाक्टर तथा पीसीआर प्रयोगशालाको चरम लापरवाही देखिएको निष्कर्ष निकाले।

अनि परिवारको सदस्य गुमाएको पीडासँगै आफन्तले अस्पतालविरुद्ध कानुन लडाइँ सुरु गर्ने निर्णय लिए। नारायणी अस्पतालका चिकित्सकविरुद्ध सोमवार जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराए। उजुरीमा अस्पतालका दोषी डाक्टरलाई छानविन गरी कारवाहीको माग गरिएको छ।

पीडित परिवारले प्रमुख जिल्ला अधिकारीलाई नै भेटेर घटनाबारे जानकारी गराएका छन्। दोषी डाक्टरलाई हदैसम्मको कारवाहीको माग गरेको मृतकका दाई अनिल चौधरीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell