काठमाडौं : पछिल्लो २४ घण्टामा ४५ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको ९ हजार २१८ परीक्षणका क्रममा ३३८ महिला र ६४१ पुरुष गरी ९७९ जना कोभिड-१९ का संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसँगै नेपालमा ४७ हजार २३६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा एक हजार ७३६ जना डिस्चार्ज भएका छन्। योसँगै संक्रमण निको हुनेको संख्या ३० हजार ६७७ अर्थात ६५ प्रतिशत छ। नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३०० पुगेको छ। पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।
कुन जिल्लामा कति?

