PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

भारतबाट तस्करी गरी ल्याइएका सामान प्रहरीले लियो नियन्त्रणमा



पहिलोपोस्ट

भारतबाट तस्करी गरी ल्याइएका सामान प्रहरीले लियो नियन्त्रणमा

जनकपुरधाम : भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका २ लाख रुपैयाँ भन्दा बढीको सामान धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले जिल्लाको विदेह नगरपालिका-९ खरियानी बस्ने गफुर नदाफको घरमा छापा हानेर उक्त सामानहरु नियन्त्रणमा लिएको हो।

गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय औरहीबाट प्रहरी नायब निरीक्षक बब्लु कुमार ठाकुरको कमाण्डमा खटिएको टोलीले नदाफको गोठमा लुकाएर राखिएका करिब २ लाख १३ हजार बराबरको सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

नियन्त्रणमा लिइएका सामानहरु ५० किलोका ११ बोरा, केराउ, रेडिमेड कपडा र चप्पल रहेको मिश्रले बताए। नियन्त्रणमा लिइएका सामानहरु आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell