PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मोरङका ६७ जनासहित प्रदेश १ मा सोमवार १ सय ५५ संक्रमित थपिए



फूलमाया पुरी

मोरङका ६७ जनासहित प्रदेश १ मा सोमवार १ सय ५५ संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा सोमवार १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश १ मा यो अहिलेसम्मकै उच्च संख्यामा संक्रमण देखिएको हो।

सोमवार मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विराटनगरमा सोमवार ५१ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये २० महिला र ३१ पुरुष रहेका छन्। मोरङकै रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५ पुरुष, जहदामा १ महिला र २ पुरुष तथा धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएको छ।

त्यस्तै, सुनसरीको इनरुवामा २४ महिला र १८ पुरुष, इटहरीमा ५ महिला र १० पुरुष, धरानमा ४ पुरुष, दुहवीमा २ पुरुष, रामधुनीमा १ पुरुष तथा गढीमा १ महिला र १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, झापाको कनकाईमा ७ महिला र ६ पुरुष, विर्तामोड र बाह्रदशीमा १/१ पुरुष, पाँचथरको फिदिममा ६ पुरुष तथा उदयपुरको बेलकामा १ पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार १ सय ७७ पुगेको छ।

प्रदेश १ मा सोमवार थप २ जनाको मृत्यु भएको छ। मोरङको विराटनगर र बुढीगंगाका १/१ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यससँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

प्रदेश १ मा सोमवार ५२ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सोमवार डिस्चार्ज हुनेमा सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ आइसोलेसन, चतराबाट ३१, वि जेनरल अस्पताल आइसोलेसन हरिनगरबाट १० जना रहेका छन्। त्यस्तै, मोरङको विराट मेडिकल कलेज आइसोलेसनबाट ५, कालिसदन आइसोलेसन विराटनगरबाट ४ र मारवाडी सेवा सदन आइसोलेसनबाट १ जना डिस्चार्ज भएका छन्।

प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सोमवार १ हजार ८ सय ६० पीसीआर परीक्षण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell