PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रदेश १ मा हालसम्म १ लाखभन्दा बढीको गरियो पीसीआर परीक्षण, ४ हजार १७७ जनामा कोरोना पुष्टि



फूलमाया पुरी

प्रदेश १ मा हालसम्म १ लाखभन्दा बढीको गरियो पीसीआर परीक्षण, ४ हजार १७७ जनामा कोरोना पुष्टि

विराटनगर : प्रदेश १ मा सोमवारसम्म १ लाखभन्दा बढीको पीसीआर परीक्षण भएको छ। हालसम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षण गरिएकामा ४ हजार १ सय ७७ जनामा कोरोना संक्रमण देखिएको छ भने ९६ हजार १ सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६ सय ४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३ सय ४३ जनाको परीक्षण गरिएको छ। त्यस्तै, कोशी अस्पताल विराटनगरबाट २५ हजार ४ सय ३६, मेची अस्पताल झापाबाट २ हजार ८ सय ९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण भएको छ।

प्रदेश १ मा मोरङमा सबैभन्दा बढी ३१ हजार २ सय ६७ जनाको परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २ हजार ४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै, सुनसरीमा २३ हजार ६ सय ७९ र झापामा २३ हजार ५ सय ८५ जनाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशमा हाल ४ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुँदै आएको छ। जसमध्ये विपीमा गत चैत १८, कोशीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालाले वैशाख १९ र मेची अस्पतालले साउन ३० गतेबाट पीसीआर परीक्षण शुरु गरेको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell