PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

बागबजारबाट नक्कली प्रेस कार्ड बनाउने तीन जना समातिए, नक्कली कार्ड बोकेर हिंड्ने पनि प्रहरी निगरानीमा



पहिलोपोस्ट

बागबजारबाट नक्कली प्रेस कार्ड बनाउने तीन जना समातिए, नक्कली कार्ड बोकेर हिंड्ने पनि प्रहरी निगरानीमा
फाइल फोटो

काठमाडौंः  प्रहरीले नक्कली प्रेस कार्ड छापेर बिक्री गरेको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बागबजारबाट कालिका प्रिन्टका तीन जनालाई नियन्त्रणमा लिएको हो।

रकम लिएर नक्कली प्रेस कार्ड बिक्री गरेको खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको महाशाखाका एसपी इश्वर कार्कीले जानकारी दिए।

'उनीहरुले पाँच सय रुपैयाँ देखि विभिन्न मूल्यमा नक्कली प्रेसको कार्ड बिक्री गरेको पाइएको छ। थप अनुसन्धान भइरहेको छ।'एसपी कार्कीले भने।

प्रहरीले नक्कली कार्ड बनाउन प्रयोग हुने कागजपत्र तथा ३० वटा नक्कली कार्ड समेत बरामद गरेको छ। उनीहरुले लकडाउन र निषेधाज्ञामा हिँडडुल गर्नको लागि भन्दै आउने मानिसलाई कार्ड बेच्ने गरेका थिए।

'नक्कली प्रेस कार्डको गुनाासो आएपछि अप्रेसन गरिएको हो। थप अनुसन्धान गरिरहेका छौं।' एसपी कार्कीले भने।

यसरी नक्कली प्रेस कार्ड लिनेको पनि प्रहरीले विवरण खोजी गरिरहेको छ। यसअघि महाशाखाको टोलीले गत जेठमा चोरी गर्दै हिँड्ने एक व्यक्तिसँग प्रेसको कार्ड फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell