PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कोरोनाबारे अफवाह फैलाउने एक जना प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

कोरोनाबारे अफवाह फैलाउने एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौं : कोरोनाबारे अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १४ नक्खिपोटका ५१ वर्षीय सुबास सुब्बा लिम्बु रहेका छन्।

लिम्बुले युट्युबमा अन्तर्वार्ताको क्रममा कोरोना नभई सरकारले हावा कुरा गरेको बताएका थिए। उनले कोरोना संक्रमितको मृत्युपछि आफन्तलाई भेट्न नदिई शरिरका विभिन्न अंगहरु बेचबिखन गरी सरकारले भष्ट्राचार गरिरहेको आरोप समेत लगाएका थिए।

सर्वसाधारणलाई सडकमा आन्दोलन गर्न सबै आउनु पर्छ भन्दै समाजमा उत्तेजना फैलाएको, कोरोना भाइरस संक्रमणबारे भ्रम फैलाएको तथा विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई शान्ति भंग गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

उनले आफूलाई प्राकृतिक डाक्टर भनेर समेत चिनाएका थिए। प्रहरीले उनलाई सोमवार ललितपुर नक्खिपोटबाट पक्राउ गरी कारबाहीको लागि प्रहरी परिसर ललितपुर पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell