PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कर संकलन गर्न तीन दिन बैंक खोल्न राष्ट्र बैंकको निर्देशन



पहिलोपोस्ट

कर संकलन गर्न तीन दिन बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँः नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने काउन्टर खुला गर्न बैंकहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकसहित राजस्व कारोबार गर्ने बैंकका शाखा तथा काउन्टरहरु मंगलबार, बुधबार र बिहीबार खोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो। 

राष्ट्र बैंकले क्लियरिङ सेवा दिने काउन्टर र नेपाल क्लियरिङ हाउस पनि खुला गर्न निर्देशन दिएको हो। 

कोरोना जोखिम बढेपछि हाल उपत्यकासहित देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा र लकडाउन जारी छन्। निषेधाज्ञा तथा लकडाउनका कारण बैंकको सेवा पनि प्रभावित छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell