PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएकामध्ये सात जना रिहा, ६ जनामा देखियो कोरोना पोजिटिभ



रासस

रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएकामध्ये सात जना रिहा, ६ जनामा देखियो कोरोना पोजिटिभ
फाइल फोटो।

ललितपुर : गत बिहीवार रातो मछिन्द्रनाथ रथयात्रा विवादमा समातिएकामध्ये सात जना आज रिहा भएका छन्। महानगरीय प्रहरी परिसर ललितपुरबाट तीन जना आइतवार रिहा भएका थिए।

बिहीवार रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा स्थानीयवासी र प्रहरीबीचको विवादमा पक्राउ परेका २० मध्ये ती आज रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताए।

उनले भने, ‘हामीले रथयात्रामा झडप गर्ने सहभागीमध्येका कूल २० जनालाई समातेका थियौँ। तिनमध्ये १७ जनालाई मुद्दा चलाइएको छ। ती १७ मध्ये आज छाडिएका छ जनामा कोरोना पोजिटिभ र एकमा मानसिक समस्या देखिएकाले आज उपचारको प्राथमिकतामा राखेर हाजिरजमानीमा छाडेका हौँ।’

बाँकी अन्य १० भने हिरासतमै रहेको जनाइएको छ। रथयात्रामा पक्राउ परेका सबैलाई छाड्न अपिल गर्दै आज स्थानीयले जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउसमेत गरेका थिए।

प्रशासनले गत शनिवारदेखि आउँदो शुक्रवारसम्म यहाँका केही स्थानमा पाँचभन्दा बढी मानिस जम्मा हुन नपाउने विज्ञप्ति जारी गरेसँगै आज उक्त घेराउ गर्नेहरुलाई प्रहरीले हटाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell