PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नेदरल्याण्डसमाथि इटलीको संघर्षपूर्ण जित



पहिलोपोस्ट

नेदरल्याण्डसमाथि इटलीको संघर्षपूर्ण जित

युइएफए नेसन्स लिग अन्तर्गत गएराति भएको समूह ए को खेलमा नेदरल्याण्डलस् माथि इटलीले संघर्षपूर्ण जित निकालेको छ। एम्स्टरडम एरेना स्टेडियममा भएको खेलमा घरेलु टोलीमाथि इटलीले १-० को संघर्षपूर्ण जित निकालेको हो।

इटलीको जितमा निकालो बरेल्लाले निर्णायक गोल गरे। उनले पहिलो हाफको अतिरिक्त समयमा सिरो इमोबाइलको पासमा बरेल्लाले गोल गरेको थिए।

त्यस्तै समूह ए कै अर्को खेलमा पोल्याण्ड बोस्निया एण्ड हर्जगोभनियामाथि २-१ गोल अन्तरले जित निकाल्यो। खेलको २४ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै हरिस हज्राडिनोभिकले गोल गरेसँगै बोस्नियाले अग्रता बनाएको थियो। उता पोल्याण्डका लागि ४५ औं मिनेटमा कमिल ग्लिकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यस्तै कमिल ग्रोसिकीले ६७ औं मिनेटमा निर्णायक गोल गर्दै पोल्याण्डको जित सुनिश्चित गरे।

समूह ए मा इटली, नेदरल्याण्डस, पोल्याण्ड र बोस्निया एण्ड हर्जगोभनिया छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell