PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

चर्को आलोचनापछि रेलको ठेक्का भयो रद्ध



पहिलोपोस्ट

चर्को आलोचनापछि रेलको ठेक्का भयो रद्ध

काठमाडौं : मुआब्जा लगायतका विषयलाई नसुल्ट्याई १८ वटा कम्पनी सहभागी हुन पाउनेगरी अगाडि बढेको पूर्व पश्चिम रेलमार्गको ठेक्का रद्ध भएको छ। ठेकेदार पोस्ने नियतका काकडभिट्टा-इनरुवा खण्डमा रेल मार्गकका लागि टेन्डर आह्वान भएपछि चर्को आलोचना भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रकृया पूरा नभई ठेक्का अगाडि बढाइएको थियो।

आज रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले पत्रिकामा विज्ञापन प्रकाशित गर्दै रेलमार्गको ठेक्का रद्ध भएको जानकारी दिएको छ।

१ सय ६ किलोमिटर लामो रेलमार्गलाई ५४ वटा प्याकेजमा अगाडि बढाइएको थियो। जग्गाको मुआब्जा लगायतका विषयलाई नसुल्ट्याउँदै ठेक्का लगाइएको थियो। सत्तारुढ दल र प्रतिपक्षी दलका ठेकेदारहरुलाई मिलेमतोमा ठेक्का दिन लागिएको भन्दै विरोध भएको थियो। चर्को जनदवावका कारण यी सबै ठेक्का अब रद्ध भएको छ। अनलाइनमा समस्या आएपछि ठेक्का प्रकृया अगाडि भने बढेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell