काठमाडौं: गण्डकी प्रदेशमा कोभिड १९ संक्रमितको सङख्या २ हजार ६ सय १२ पुगेको छ। मंगलवार बिहान थप ११ जनाका संक्रमण पुष्टी भएको हो।
भरतपुर अस्पताल चितवन र चितवन मेडिकल कलेज चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ११ जना संक्रमितहरु थपिएका हुन्। त्यस्तै कास्की जिल्ला अन्नपुर्ण-१ निवासी ६३ वर्षिया महिलाको भाद्र २१ गते विरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको छ। ब्रेन टुयुमर तथा मृगौलाको समस्या भई अस्पतालमा उपचाररत महिलाको निधन भएको हो। उनको भदौं १९ गते कोभिड १९ पुष्टी भएको थियो।
यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।
