अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा जारी पत्रकार सम्मेलनकै बीच एक जना पत्रकारको मुखबाट मास्क हटाउन भने पनि पत्रकारले उनको माग स्वीकारेनन्।
'त्यो तपाईँले झिक्नै पर्छ। झिकिहाल्नुस् त,' रोयटर्सका ह्वाइट हाउस संवादलाता जिफ मासनलाई ट्रम्पले निर्देशन दिए।
'तपाईँ म भन्दा कति फिट टाढा हुनुहुन्छ?' प्रश्न गर्दा ट्रम्प चिढिएको प्रष्ट देखिन्थ्यो। कोभिड १९ को संक्रमणबाट बच्नका लागि सामाजिक दुरीबारे व्याख्या गर्दै ट्रम्पले उनलाई प्रश्न गरेका थिए।
'यदि तपाईँ यसलाई निकाल्नु हुन्न भने, तपाईँ झगडालु लाग्नुहुन्छ। यदि हटाउनु भयो भने सहज हुन्छ,' चिढिएका ट्रम्पले उनलाई भने।
मासनसँग ट्रम्प किन यस्तो व्यवहार गरिरहेका थिए अनुमान लगाउन कठिन छैन। ट्रम्पले दुई वर्ष अघि अमेरिकी सैनिक मरेको स्मारकमा नगएको विषयलाई लिएर मासनले कडा प्रतिक्रिया जनाएका थिए। साथै पछिल्लो समय शहीद भएका अमेरिकी सैनिकलाई ट्रम्पले 'हरुवा' भनेको विषयलाई लिएर उडाएका थिए। त्यसैको बदला लिएका थिए ट्रम्पले।
मास्क हटाउन भने पनि मासनले चर्को बोल्न अनुमति मागेका थिए जसलाई ट्रम्पले स्वीकारेका थिए।
