PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

नेसन्स लिगमा आज राति फ्रान्स र क्रोएसिया भिड्दै, कोरोना संक्रमण भएका एम्बाप्पेले खेल गुमाउने



पहिलोपोस्ट

नेसन्स लिगमा आज राति फ्रान्स र क्रोएसिया भिड्दै, कोरोना संक्रमण भएका एम्बाप्पेले खेल गुमाउने

फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पेले आज राति हुने क्रोएसियाविरुद्धको खेल गुमाउने भएका छन्। सोमवार कोरोना पुष्टी भएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रेन्च स्टाइकर एम्बाप्पेले युइएफए नेसन्स लिग अन्तर्गत क्रोएसियाविरुद्धको खेल गुमाउने भएका हुन्।

फ्रेन्च फुटबल फेडेरेसनले सोमबार उनलाई कोरोना संक्रमण भएको बताएको थियो। लगत्तै उनलाई फ्रेन्च टिमबाट आइसोलेट गरेको बताइएको छ। फ्रान्सले आजराति क्रोएसियाविरुद्ध पेरिसमा खेल्दैछ।

२१ वर्षे एम्बाप्पे पीएसजीबाट पछिल्ला केही हप्तामा कोरोना संक्रमित हुने सातौं खेलाडी हुन्।  नेसन्स लिग अन्तर्गत  शनिवार सम्पन्न फ्रान्स र स्वीडेनबीचको खेलमा एम्बाप्पेले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएका थिए।

च्याम्पियन्स लिग पछि पीएसजीका ब्राजिलियन स्ट्राइकर नेइमारलगायत एन्जेल डिमारिया र लियन्द्रो परेडेस कोरोना संक्रमित भएका थिए।

फ्रान्स र क्रोएसिया आजराति साढे १२ बजे प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell