PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

मध्य तराईका तीन जिल्लामा थप २९ जनामा कोरोना पुष्टि



राधेश्याम पटेल

मध्य तराईका तीन जिल्लामा थप २९ जनामा कोरोना पुष्टि

वीरगंज : मध्य तराईको तीन जिल्लामा २९ जना संक्रमित थपिएका छन्। नारायणी अस्पताल पीसीआर प्रयोगशालामा भदौ २२ गते सोमवार भएको ५८० वटा नमुना परीक्षणमा पर्साका १३, बाराका ९ र रौतहटका ७ जना गरी कुल २९ जना थपिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी गराए। उनका अनुसार २९ जनामा २१ जना पुरुष र ८ जना महिला रहेका छन्।

१९ वर्षदेखि ६० वर्ष उमेर समूहका २९ जनाको सिटी भ्यालु १५ देखि ३० सम्मको रहेको छ। पर्साका १३ जनामा वीरगंजको ५, २, १६, १३ र १० का एक–एक जना, कालिकामाई गापा वडा नं १ र ५ का एक–एक जना गरी दुई जना, तराई हस्पिटलका ३ जना शंकास्पद विरामीमा पनि कोरोना पुष्टि भएको छ। सखुवा प्रसौनीका २ जना, आर्मी ब्यारेक वीरगंजका एक जना गरी कुल १३ जना रहेका छन्।

त्यसैगरी, बाराका ९ जनामा कलैया उपमहामानगरपालिकाका वडा नं १ र १६ का एक एक  जना गरी दुई जना, बारागढी गापा ६ नम्बर वडाका २ जना, ४ नम्बरका १ जना, ३ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगेरी, ईलाका प्रहरी कार्यालय बारागढीका १ जना, स्वर्ण गापा ७ का १ जना र रौतहटको ईलाका प्रहरी कार्यालय गरुडाका ७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell