PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

सीमाको समस्या : नेपालभित्रको धानबालीमा भारतीयले भैंसी चराए, धपाउन गएका नेपाली कुटपिटमा मारिए



पहिलोपोस्ट

सीमाको समस्या : नेपालभित्रको धानबालीमा भारतीयले भैंसी चराए, धपाउन गएका नेपाली कुटपिटमा मारिए

काठमाडौं : नेपालको सीमामा भारतीय पक्षसँग रोटीबेटीको मात्र सम्बन्ध छैन। कहिलेकाहीँ हुने विवादले ज्यान समेत लिने गरेको छ। केही दिनअघि नेपालभित्र भारतीय नागरिकले धानबारीमा भैंसी चराएको विवादमा कुटपिट हुँदा एक जना नेपालीको मृत्यु भएको छ। आइतवार सप्तरी डाक्नेश्वरी नगरपालिका ६ कटैयाका ३५ वर्षीय रामदेव यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

के भएको थियो?

डाक्नेश्वरी नगरपालिका ६ कटैया दशगजामा ३५ वर्षीय रामदेव यादवले धान लगाएका थिए। भदौ ६ गते दिउँसो करिव ३ बजेतिर उनी आफ्नो बालीमा कसैले भैंसी चराएको भन्दै हेर्न गए। उनी पुग्दा तीन जना युवक भैंसी चराइरहेका थिए।

भारत बिहार मधुबनी जिल्ला करियौत ग्राम पंचायत वडा नम्बर ८ बस्ने १९ वर्षीय प्रदिप यादव, २० वर्षीय देव गोरा यादव र  १८ वर्षीय सरोज यादव थिए। रामदेवले आफ्नो खेलमा भैंसी चराएपछि धपाउन गए। तर, तिनै जना भारतीय किशोरहरु मिलेर बासको लाठीले उनलाई कुटपिट गरे। कुटपिटबाट घाइते भएका रामदेवको धारनस्थित बीपी स्वास्थ्य प्रतिष्ठानमा मृत्यु भएको हो।

कुटपिट गर्ने प्रदिप यादवलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell