PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

राष्ट्रिय सभामा वामदेवलाई सिफारिस नगर्न विवेकशील दलको माग



पहिलोपोस्ट

राष्ट्रिय सभामा वामदेवलाई सिफारिस नगर्न विवेकशील दलको माग

काठमाडौं : विवेकशील नेपाली दलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित नगर्न माग गरेको छ।

प्रतिनिधिसभाको चुनावमा हारेका उम्मेद्वारलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णयप्रति ध्यानाकर्षण भएको सो दलले जनाएको छ।

विज्ञप्ति निकाल्दै गौतमलको सिफारिसले राष्ट्रिय सभाको गरिमा घटाउने बताएको हो।

'राष्ट्रिय सभामा दश प्रतिशत भन्दा बढी सदस्यहरू कुनै न कुनै पछिल्लो निर्वाचनमा पराजित पात्रहरू जम्मा हुनुले दिने सन्देश के हो? यस्तो क्रियाकलापले राष्ट्रिय सभाको गरिमालाई घटाउँछ कि बढाउँछ,' विज्ञप्तिमा लेखिएको छ।

प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति त्यही कार्यकालमा मन्त्री नियुक्त हुन नसक्ने संवैधानिक व्यवस्था भए पनि गौतमले आफैले मन्त्री बन्न राष्ट्रिय सभामा जान लागेको अभिव्यक्ति दिएकाले उनलाई सांसद बनाउनु गैरसंवैधानिक भएको दलको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell