PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

नक्कली प्रेस पास बनाएर बेच्नेलाई प्रहरीले सार्वजनिक गर्‍यो



पहिलोपोस्ट

नक्कली प्रेस पास बनाएर बेच्नेलाई प्रहरीले सार्वजनिक गर्‍यो

काठमाडौः प्रहरीले नक्कली प्रेस कार्ड छापेर बिक्री गरेको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बागबजारबाट कालिका प्रिन्टका तीन जनालाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) सुस्ता बर्दघाट नगरपालिका वडा नम्बर १३ घर भएका ३५ वर्षीय लक्ष्मण न्यौपाने, बर्दिया राजापुर नगरपालिका वडा नम्बर १० घर भएका २३ वर्षीय श्रीराम खड्का, नवलपुरासी सुस्ता पुर्व कावासोती नगरपालिका वडा नम्बर ८ घर भएका २९ वर्षीय रमेश कुमार रेग्मी र स्याङ्जा जगत्रदेबी गाउँपालिका वडा नम्बर ९ घर ३९ को राजेन्द्र राज भण्डारी रहेका छन्।

रकम लिएर नक्कली प्रेस कार्ड बिक्री गरेको खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको महाशाखाका एसपी इश्वर कार्कीले जानकारी दिए। 'उनीहरुले पाँच सय रुपैयाँ देखि विभिन्न मूल्यमा नक्कली प्रेसको कार्ड बिक्री गरेको पाइएको छ। थप अनुसन्धान भइरहेको छ।'एसपी कार्कीले भने।

प्रहरीले नक्कली कार्ड बनाउन प्रयोग हुने कागजपत्र तथा २८ वटा नक्कली कार्ड समेत बरामद गरेको छ। उनीहरुले लकडाउन र निषेधाज्ञामा हिँडडुल गर्नको लागि भन्दै आउने मानिसलाई कार्ड बेच्ने गरेका थिए।

'नक्कली प्रेस कार्डको गुनासो आएपछि अप्रेसन गरिएको हो। थप अनुसन्धान गरिरहेका छौं।' एसपी कार्कीले भने। त्यस्तै विभिन्न अस्पतालको कार्ड समेत बरामद गरेको छ।

यसरी नक्कली प्रेस कार्ड लिनेको पनि प्रहरीले विवरण खोजी गरिरहेको छ। यसअघि महाशाखाको टोलीले गत जेठमा चोरी गर्दै हिँड्ने एक व्यक्तिसँग प्रेसको कार्ड फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell