PahiloPost

May 14, 2025 | १ जेठ २०८२

स्वाब संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि हातपात, एक जना पक्राउ



एम बम

स्वाब संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि हातपात, एक जना पक्राउ

कैलाली : बैतडीमा स्वाब संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्वर ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नम्वर ५ ढुंगाडमा स्वाब संकलनका लागि हिडेका स्वास्थ्यकर्मी भुपेन्द्र बोहरामाथि सोमबार हातपात भएको हो।

बोहराले स्थानीयलाई बैठक चलिरहेका बेला समाजिक दुरी कायम गरेर बस्न आग्रह गर्दा उनीमानि हातपात भएको हो।

स्वास्थ्यकर्मीमाथि हातपात भएपछि स्वाब संकलन कार्य रोकिएको ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्त साउँदले बताएका छन्। ‘स्वाब संकलनका लागि गएका स्वास्थ्यकर्मीमाथि भूमीराज आधारभूत विद्यालयमा वन सम्बन्धि बैठक चलिरहेको बेला समाजिक दुरी कायम गर्न भन्दा हातपात भएको छ,’ साउँदले भने, ‘बोहराले कारवाहीका लागि प्रहरीकहाँ निवेदन दिएका छन्, त्यहाँ स्वाब संकलन रोकिएको छ।’

प्रहरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। हातपात गर्ने सिगास गाउँपालिका –३ का भानसिंह बोहरालाई घरबाटै नियन्त्रणमा लिइएको बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। ‘सोमबार बेलुका स्वाब संकलनका लागि गइरहेका अहेबमाथि कुटपिट भएको जानकारी आएपछि गाँजरी प्रहरी चौकीले एकजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

कुटपिटबाट ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell