PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सुशान्तसिंह राजपुत प्रकरण : रिया चक्रवर्ती पक्राउ



पहिलोपोस्ट

सुशान्तसिंह राजपुत प्रकरण : रिया चक्रवर्ती पक्राउ

बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा मुख्य अभियुक्त मानिएकी अभिनेत्री रिया चक्रवर्तीलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले नियन्त्रणमा लिएको छ।

ड्रग्स सेवन तथा ओसारपसारमा उनको संलग्नता देखिएपछि एनसीबीले मंगलवार अपराह्न नियन्त्रणमा लिएको हो।

ड्रग्स सेवनसहित कैयौ आरोपमा तीन दिनयता उनीमाथि एनसीबीले सोधपुछ पनि गरिरहेको छ। आज रियाले आफूले सुशान्तको दबाबमा गाँजा र केही केमिकल्सहरु सेवन गरेको वयान दिएसँगै उनलाई नियन्त्रणमा लिइएको हो। उनले ड्रग्स सेवन तथा ओसारपसारमा संलग्न केही कलाकारको नाम समेत उल्लेख गरेकी छन्।

यसअघि एनसीबीले ड्रग्स प्रकरणमा कनेक्सन देखिएपछि रियाका भाई शोविकलाई पनि हिरासतमा लिएको थियो।

रिया ड्रग्स प्रयोग प्रकरणमा पक्राउ परेकी हुन्। सुशान्तको आत्महत्यासँग यसको कनेक्सन छ कि छैन भन्ने जाँच चलिरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell