PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

सुदूरपश्चिम प्रदेशमा १०१० नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि



एम बम

सुदूरपश्चिम प्रदेशमा १०१० नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि

कैलाली : सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन प्रयोगशालामा एक हजार १० जनाको स्वाब परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा सात सय ८८ जनाको कोरोना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि भएको छ। कञ्चनपुरका ६ र कैलालीका चार जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर ८ का दुई जना, लम्कीचुहा नगरपालिका वडा नम्वर २ का एक जना र वडा नम्वर १ का एक जनामा संक्रमण पुष्टि भएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १८ का पाँच जना र वडा नम्वर ५ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ। उता डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा पछिल्लो २४ घण्टामा दुई सय २२ नमुना परीक्षण गर्दा संक्रमण शून्य छ।

डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले पछिल्लो २४ घण्टामा एक सय ३५ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए। उनका अनुसार परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको छ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६९ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell