काठमाडौं : पछिल्लो २४ घण्टामा ४६ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको १० हजार ६११ नमुना परीक्षणका क्रममा ३०७ महिला र ५९५ पुरुषमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा प्रदेश १ मा ५४ महिला र १०० पुरुष गरी १५४ जनामा रहेका छन्। त्यस्तै प्रदेश २ मा १६ महिला र ५० पुरुष गरी ६६ जना संक्रमित पहिचान भएका छन्। सबैभन्दा बढी बागमती प्रदेशमा १७४ महिला र २९० पुरुष पुरुष गरी ४६४ जनामा संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशमा ३९ महिला र ३३ पुरुष गरी ७२ जना संक्रमित पहिचान हुँदा प्रदेश ५ मा १० महिला र ३१ पुरुष गरी ४१ जनामा संक्रमण पुष्टि भएको छ। कर्णालीमा ३ महिला र १६ पुरुष गरी १९ तथा सुदुर पश्चिम प्रदेशमा ११ महिला र ७५ महिला गरी ८६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
संक्रमण पुष्टि हुने सबैभन्दा बढी काठमाडौं जिल्लाका १०१ महिला र १९९ पुरुष गरी ३०० जना रहेका छन्। जुन पछिल्लो २४ घण्टामा देशभर थप भएका संक्रमितको ३३.२५ प्रतिशत हो। त्यस्तै भक्तपुर जिल्लामा २६ महिला र ३२ पुरुष गरी ५८ जनामा संक्रमण पुष्टि भएको छ भने २१ महिला र १७ पुरुष गरी ३८ जना ललितपुरमा संक्रमित पहिचान भएका छन्।

