PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पोखरामा कोरोना संक्रमित महिलाको आइसीयूमा उपचारका क्रममा मृत्यु



पहिलोपोस्ट

पोखरामा कोरोना संक्रमित महिलाको आइसीयूमा उपचारका क्रममा मृत्यु

काठमाडौं: कास्कीको पोखरामा कोभिड १९ संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका १० निवासी ७३ वर्षीया महिलाको मंगलवार अपराह्न मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहायक प्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए।

संक्रमित महिलालाई सोमवार मात्रै आइसीयूमा राखेर उपचार भइरहेको थियो। महिलाको निधनसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मर्नेको संख्या ९ जना पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell