काठमाडौं : नवलपुरको देवचुली नगरपालिका-१ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलवार भरतपुर अस्पतालमा मृत्यु भएको छ। मिर्गौला फेल भई डायलासिस गराइरहेका उनको मंगलवार साँझ ५:३० वजे मृत्यु भएको हो।
बुधवार कोरोना संक्रमण पुष्टि भएका उनमा खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रवार आइसीयूमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर समेत उपचार गरिएको थियो।
स्वाथ्यकर्मीको अथक प्रयासका बावजुद क्रोनिक किड्नी डिजिज (सीकेडी), हाइपरटेनसन (एचटीएन) र कोभिड १९ निमोनियाका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
